प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा २०८२ भदौ १४ देखि १८ गतेसम्म (तदनुसार सन् २०२५ अगस्ट ३० देखि सेप्टेम्बर ३) पाँच दिने औपचारिक भ्रमणमा चीन जान लागेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणमा सहभागी टोलीको जानकारी गराएका थिए। प्रधानमन्त्रीका अनुसार भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा सहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन्।
यो भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।