विवाद बढेपछि खगेन्द्र सुनारको नाम मन्त्रीको सूचीबाट हट्यो

nepaltext.com

काठमाडौँ । विवादमा तानिएपछि खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार दलित अभियन्ता सुनारसहितको नाम नयाँ मन्त्रीका रूपमा सिफारिस गरेको थियो। 

राष्ट्रपति कार्यालयमा आज दिउँसो साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। तर, सुनारको नाममा विवाद बढेपछि डा.सुधा शर्मा, गणपतिलाल श्रेष्ठ र बब्लु गुप्तालाई मात्र शपथ गराउने तयारी भइरहेको स्रोतले जनाएको छ।

‘अहिलेसम्म सुनारलाई शपथ गराउने कि नगराउने भन्नेमा अन्योल छ। सम्भवतः उहाँको नाम नयाँ सूचीबाट हटाइनेछ,’ एक स्रोतले नेपाल टेक्स्ट सँग भन्यो।

जेनजी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आज तेस्रोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेकी हुन्। तर, खगेन्द्र सुनारमाथि पक्राउ पुर्जी जारी भएको विवरण सार्वजनिक भएपछि उनको नामलाई लिएर विवाद उत्पन्न भएको हो।

प्रतिक्रिया