काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार फोनवार्ता गरेका छन्।
फोनवार्तामा प्रधानमन्त्री मोदीले हालै भएका दुःखद घटनाप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने प्रधानमन्त्री कार्कीको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताए।
वार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मोदीले असोज ३ गते (भोली) पर्ने नेपालको राष्ट्रिय दिवसको शुभकामना समेत दिएका छन्। उनले लेखेका छन्,
“नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन पुष्टि गरें। साथै, भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरे।”
२ असोज २०८२, बिहिबार ०२:५८ मा प्रकाशित