काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँ चुक्तापूँजीको कुल २१.०५ प्रतिशतका दरले १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार शेयरधनीहरूले ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) प्राप्त गर्नेछन्। कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी २६औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिनेछ।
२६ मङ्सिर २०८२, बिहिबार ०१:११ मा प्रकाशित