कांग्रेस र एमालेसँग तालमेल असफल भएपछि नेकपाको १८ सीटमा एकल उम्मेदवारी

nepaltext.com

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमालेसँग चुनावी तालमेलको कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सबै १८ सीटमा एकल उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले उम्मेदवार छनोट तथा टिकट वितरण प्रक्रिया अघि बढाइसकेका छन्। सोही क्रममा नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ भने अन्य प्रदेशमा पनि उम्मेदवार टुंग्याउने जिम्मा प्रचण्ड–माधव नेतृत्वले नै सम्हालिरहेको छ।

प्रारम्भिक छलफलमा तीन सीटको विषयमा चित्त नबुझेपछि नेकपाले तालमेलबाट पछि हट्दै एक्लै मैदानमा उत्रिने निर्णय गरेको हो। यससँगै राष्ट्रिय सभाको चुनावी समीकरण स्पष्ट बन्दै जाँदा नेपाली कांग्रेसले ९ सीटमा, नेकपा एमालेले ८ सीटमा उम्मेदवार अघि सारेका छन् भने जनता समाजवादी पार्टी नेपालबाट महन्थ ठाकुर उम्मेदवार बनेका छन्। यसले राष्ट्रिय सभाको चुनावलाई अझ प्रतिस्पर्धात्मक र राजनीतिक रूपमा अर्थपूर्ण बनाएको देखिन्छ।

प्रतिक्रिया