सिंगटी हाइड्रो ईनर्जीले बोनस वितरणसँगै १ः१ अनुपातमा राईट शेयर जारी गर्ने

nepaltext.com

सिंगटी हाइड्रो एनर्जी लिमिटेडले आफ्नो कायम चुक्तापुँजी बराबर १ः१ (१००%) अनुपातमा हकप्रद सेयर जारी गर्ने धोरणिक निर्णय गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले, हकप्रद बिक्रीमार्फत उठ्ने पूँजीलाई कम्पनीका विद्यमान ऋणहरू चुक्ता गर्न प्रयोग गरिने स्पष्ट पारेको हो।

कम्पनीले अघि सारेको यो प्रस्ताव आगामी साधारणसभाबाट अनुमोदन भएपछि औपचारिक रूपमा कार्यान्वयनमा प्रवेश गर्नेछ। हकप्रद जारीसँगै कम्पनीको वित्तीय संरचना मजबुत बनाउने र भविष्यको सञ्चालनलाई थप स्थिरता दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया