देउवा दम्पती थप उपचारका लागि सिंगापुर जाँदै

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्न तयारीमा छन्।

भदौ २४ गते भएको ‘जेन-जी आन्दोलन’ का क्रममा प्रदर्शनकारीद्वारा कुटपिटमा परेका देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका क्रममा सिंगापुर जान लागेका हुन्।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापति देउवा निकट भविष्यमै सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्।
उनले भने, “उपचारका लागि उहाँ सिंगापुर जाने तयारीमा हुनुहुन्छ। केही दिनमै प्रस्थान गर्नुहुनेछ,” महतले जानकारी दिए।

जेन-जी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवाको गर्दनमा १२ टाँका लगाइएको थियो।
एक महिनापछि स्वास्थ्य अवस्था केही सुधार भएपछि उनले पार्टीको बैठकमा उपस्थित भई पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया