एमाले केन्द्रीय समिति बैठक अन्तिम चरणमा, अध्यक्ष ओलीले आज दिनेछन् सबै जिज्ञासाहरुको जबाफ

nepaltext.com

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय समितिको बैठक शुक्रबार पनि जारी छ। तीन दिनदेखि ललितपुरको भैंमण्डलस्थित रामबाग महलमा चलिरहेको बैठक आज सकिने तयारीमा रहेको छ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य, पोलिटब्यूरो, स्थायी कमिटीका सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राख्ने छन्। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले उठेका जिज्ञासाहरूको एकमुष्ट जवाफ दिँदै बैठक समापन गर्ने कार्यक्रम छ।

बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन्। उक्त बैठकमा वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचन, पार्टीको नीति–दिशा तथा नेता–कार्यकर्ताको भूमिकाबारे समेत गम्भीर छलफल भइरहेको गौतमले जानकारी दिए।

जेन–जेड आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्न र पार्टीको आगामी रणनीति तय गर्नका लागि एमालेको यो विशेष बैठक बसेको हो।

प्रतिक्रिया