महाधिवेशन आगामी मंसिर भित्र हुन जरुरी छ, पछाडी सार्न मिल्दैन : गगन थापा

nepaltext.com

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिरभित्रै सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले महाधिवेशनलाई मंसिरपछि धकेल्न नहुने स्पष्ट गर्दै, महाधिवेशन सम्पन्न भएपछि मात्र नयाँ निर्वाचनको तयारी गर्न सकिने बताए।

कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले उखु किसानको मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार कृषिमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान दिने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरे पनि अस्वीकृत भएको थियो। तर मन्त्री अधिकारीको प्रयासमा अघिल्लो वर्ष किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँको दरले अनुदान दिन सरकारले सहमति जनाएको उनले स्मरण गराए।

थापाले आफूले पार्टी सभापतिलाई यस विषयमा ध्यानाकर्षण गराएको र सभापतिले प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी समेत दिए। उखु किसानको भुक्तानीका लागि नयाँ स्रोत खोज्न नपर्ने उनको दाबी छ। साथै, मधेशमा कृषि समस्या समाधान गर्न सरकारले प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।

महामन्त्री थापा सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन पुगेका थिए। वासुदेवशरण कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले कोइरालाको जीवनी, योगदान र नेतृत्वको चर्चा गर्दै नेता, कार्यकर्ताले उनको मार्गदर्शनलाई अनुसरण गर्नुपर्ने विचार व्यक्त गरे 

प्रतिक्रिया