एमाले पार्टीमा सुदृढ अनुशासन आवश्यक छ: ओली

श्याम खतिवडा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनको महत्त्व औँल्याएका छन्। ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मतपरिणामलाई स्वीकार गर्दै पार्टी अघि बढेको बताएका हुन्।

ओलीले भने, ‘पार्टीमा आँच आउने कुनै पनि काम नहुन्। हामी सुदृढ अनुशासनमा बस्छौँ। अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ। मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो। अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन। राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइन। यस्तो पार्टीमा दृढ विश्वास चाहिन्छ। हाम्रो पार्टी लोकतान्त्रिक हो।’

जारी बैठकको क्रममा जब एकजना नेताको मोबाइल फोन बज्यो, अध्यक्ष ओलीले आपत्ति जनाउँदै भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु। बैठकभित्र मोबाइल बज्नु हुँदैन।’ यस घटनाले पार्टीभित्र अनुशासन र नियमको पालना प्रति ओलीको कडा दृष्टिकोण देखाएको छ।

प्रतिक्रिया