रास्वपा सभापति लामिछानेसँग बयान लिन आयोगको तयारी

nepaltext.com

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ।

स्रोतका अनुसार, आजै लामिछानेसँग बयान लिन सकिने सम्भावना छ।

लामिछाने हाल सहकारी बचत रकम अपचलन मुद्दामा नख्खु कारागारमा छन्। भदौ २४ गते जेलबाट निस्केका थिए, तर केही समयपछि फेरि कारागार फर्केका थिए।

आयोगले यसअघि कारागार प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग घटनासम्बन्धी बयान लिइसकेको छ। अब लामिछानेसँग पनि बयान लिने तयारी भएको छ।


बयानका मुख्य बुँदा

  • लामिछानेले कारागारबाट निस्किन आफू इच्छुक नभएको बताएका थिए।

  • उनले फेसबुकमा भनेका थिए, “भिड बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिनापत्र जान्न भनेको हुँ। मैले पत्र जस्ताको तस्तै सार्वजनिक गरिसकेको छु।

  • लामिछानेले यो विषय नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि जानकारी गराएका छन्।

  • उनले थपे, “मलाई नियन्त्रणमा राख्नुस् वा कारागार पठाउनुस् भन्ने होइन। तपाईं आफैँ सुरक्षित बस्नुस्, आवश्यक परे सम्पर्क गर्छौं।

प्रतिक्रिया