स्वास्थ्य मन्त्री रोकिए, चार मन्त्री मात्र शपथ ग्रहण गर्दै

nepaltext.com

काठमाडौं । राष्ट्रपति कार्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारलाई सोमबार अपराह्न ३ बजे शपथ ग्रहण गराउने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी थिइन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम अन्तिम क्षणमा होल्ड भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया