काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा तोलामा १ हजार ७ सय रुपैयाँको गिरावट आएको छ । सोमबार तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ८ सय ७० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर तोलामा ३ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ ।
३१ मङ्सिर २०८२, मङ्गलबार १२:०६ मा प्रकाशित