रास्वपाका पूर्व सभापतिले छोडे पार्टी गगनले गराए काँग्रेस प्रबेस

nepaltext

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी, सर्लाहीको हरिवन नगरका पूर्व सभापति रामहरि न्यौपाने सो पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले सनिवार पार्टी मुख्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनलाई रातो टीका र गम्छा लगाएर पार्टी प्रवेश गराए ।

न्यौपानेले रास्वपा परित्याग गरी काँग्रेस जस्तो साँच्चिकै लोकतान्त्रिक पार्टी प्रवेश गरेकोमा आफू प्रशन्न भएको बताए। सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य उज्वल बराल, नेता बजरङ्ग नेपाली, विनोद खनाल, सर्लाही काँग्रेसका नेता पुण्य प्रसाद घिमिरे, रमेश भट्टराई, राजेन्द्र भट्टराई, , वेदनिधि उप्रेती, पवित्रा न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

सर्लाही क्षेत्र नम्बर ३ का सभापति समेत रहेका नेता पुण्य प्रसाद घिमिरेले भने ," हालै सम्पन्न संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन न्यौपानेले विशेष भूमिका निर्वाह गरेका थिए।

त्यस्ता प्रभावशाली नेताको पार्टी प्रवेशबाट समग्र सर्लाहीको काँग्रेस संगठनमा बल पुग्ने आशा गर्न सकिन्छ।" "नेपाल राष्ट्र बैंकको उच्च तहमा रहेर कुशल क्षमता प्रदर्शन गरिसकेका न्यौपानेजीको पार्टी प्रवेशबाट हामी स्थानीय काँग्रेस नेता कार्यकर्ताहरु थप उत्साहित भएका छौं" घिमिरेले थपे। न्यौपाने केही वर्ष अघि काँग्रेस छोडेर रा स्व पा को हरिवन नगर सभापति चुनिएका थिए।


प्रतिक्रिया