शुक्रबार सुन–चाँदी दुबैको मूल्यमा गिरावट

nepaltext.com

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि घटेको छ। आज सुन तोलामा ५ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ४९ हजार ७ सय रुपैयाँमा पुगेको छ। मूल्यमा आएको यो कमीले बजारमा सुन कारोबारको गति फेरि केही शिथिल भएको संकेत गरेको व्यापारीहरू बताउँछन्।

यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। बिहीबार प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६० रुपैयाँले घटेर ३ हजार २ सय ८५ रुपैयाँमा झरेको छ। लगातारको मूल्य उतारचढावले सुनचाँदी बजारमा अनिश्चितता बढिरहेको व्यापारीहरूको भनाइ छ।

प्रतिक्रिया