स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार सोमबार सुन प्रतितोला दुई लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार यो मूल्य दुई लाख ५२ हजार दुई सय रूपैयाँ थियो।
यस्तै सोमबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँले घटेर तीन हजार पाँच सय ८५ रूपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला तीन हजार ६ सय पाँच रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२३ मङ्सिर २०८२, सोमबार १२:२२ मा प्रकाशित