काठमाडौं । प्रतिनिधि सभाको जारी अवरोध हटाउन सभामुख डीपी अर्यालले विपक्षी दलका नेताहरूसँग छलफल थालेका छन्। अहिले सभामुख अर्याल र विपक्षी दलको नेताहरूबीच छलफल जारी छ।
छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपाका सांसद वर्षमान पुनलगायत सहभागी छन्।
सभामुखसँग छलफल गर्नुअघि रास्वपा सभापति रवि लामिछानेले पनि विपक्षी दलका नेताहरूसँग कुरा गरेका थिए। सभापति लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई जवाफ दिने प्रस्ताव राखेका थिए।
तर विपक्षी दल यो प्रस्तावमा सहमत छैनन्। दलहरूबीच कुरा नमिल्दा बिहान ११ बजे बोलाइएको बैठक २ बजेका लागि सारिएको थियो। तर अहिलेसम्म सुरु हुन सकेको छैन।
२७ जेठ २०८३, बुधबार ०३:२० मा प्रकाशित