काठमाडौँ-एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधिका लागि भइरहेको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो।
हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए भने शाहिद वासिफले २८ बलमा ५५ रन बनाए। यस्तै, शिव माथुरले २६ रन बनाए।
नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए।
२५ जेठ २०८३, सोमबार ०२:०९ मा प्रकाशित