काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
दुई दिनका लागि स्थगित गरिएको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि निरन्तर चलिरहेको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरूबीच फरक–फरक धारणा देखिएका छन् ।
पार्टी नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनपछि बैठक आइतबार र सोमबारका लागि स्थगित गरिएको थियो ।
२६ कार्तिक २०८२, मङ्गलबार ११:१७ मा प्रकाशित