नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य उकालो, चाँदीले बनायो नयाँ रेकर्ड

nepaltext.com

३ पुस, काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँले बढेको हो। बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत सोमबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको रेकर्ड छ। यस्तै, चाँदीको मूल्य पनि आज बढ्दै नयाँ रेकर्ड कायम भएको छ। अघिल्लो दिन प्रतितोला चार हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर चार हजार ८० रुपैयाँ पुगेको छ। पछिल्ला दुई दिनयता चाँदीले निरन्तर उच्च मूल्य रेकर्ड बनाइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया