काठमाडौं । जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछाने लगायतमाथि रुपन्देही जिल्ला अदालतमा चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो ।
रुपन्देही जिल्ला अदालतको आदेशसँगै रवि लामिछानेलगायतका आरपितहरूले पीडितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ ।
रविसँगै यो मुद्दामा मुछिएका जीबी राई, कुमार रम्तेललगायत विरुद्ध चलेका सहकारी ठगी बाहेकका अरु अभियोग फिर्ता भएका छन् ।
यसअघि जिल्ला अदालत कास्की र पर्साले पनि सहकारी ठगीबाहेकका अभियोग फिर्ता लिएका थिए ।
३२ जेठ २०८३, सोमबार ०८:०० मा प्रकाशित

