बढुवा ढिला हुदाँ नेपाल प्रहरीमा डेढ महिना देखि ७ एसएसपी पद रिक्त

nepaltext.com

१ पुस, काठमाडौं। नेपाल प्रहरीमा ७ वरिष्ठ उपरीक्षक (एसएसपी)को रिक्त पद डेढ महिना बित्दा पनि बढुवा हुन सकेको छैन। गत ९ कात्तिकमा पाँच एसएसपी—भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्ले—डीआईजी बढुवामा सिफारिस भएका थिए। सिफारिस भएको एक सातापछि उनीहरूले डीआईजीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए। त्यसपछि १ मंसिरमा अर्का एसएसपी विश्व अधिकारी पनि डीआईजी बढुवामा सिफारिस भए, जससँगै रिक्त एसएसपीको संख्या ६ पुगेको थियो।

यसैबीच, एसएसपी प्रकाश रानाभाटले राजीनामा दिए र स्वीकृत भएपछि नेपाल प्रहरीमा रिक्त एसएसपीको संख्या ७ पुगेको हो। डेढ महिना बित्दा पनि बढुवा नहुनुको कारण प्राविधिकतर्फका दुई एसएसपीको दरबन्दी जनपदतर्फ मिलान गर्ने तयारी रहेको बुझिएको छ। यसका लागि संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) प्रक्रिया आवश्यक रहेको र मन्त्री परिषद्ले समेत स्वीकृतिसमेत दिएको छ। हाल प्रहरी प्रधान कार्यालयले दरबन्दी मिलान गरी बढुवाका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरिरहेको छ। यसअघि सशस्त्र प्रहरीले पनि दबरन्दी मिलान गर्दै तीन डीआईजी र एक एसएसपीको दरबन्दी थप गरेको थियो।

रिक्त एसएसपी पदका लागि करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन्। बढुवाका उम्मेदवारमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्रप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्ट रहेका छन्। त्यस्तै वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाल तिमिल्सिना र रमेश पण्डित पनि बढुवाका लागि प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया