आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

nepaltext

काठमाडौं। आज देशभर ‘जेन्जी’ सहिद दिवस मनाइँदैछ । गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरण तथा सम्मानमा सरकारले आज सहिद दिवस मनाउन लागेको हो ।

‘जेन्जी’ आन्दोलनले मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो । आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनमा ज्यान गुमाएका युवाको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया