बिहीबार सुन र चाँदी दुबैको मूल्य बढ्यो

nepaltext.com

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँमा पुगेको छ।

चाँदीको मूल्यमा पनि उकालो देखिएको छ। बुधबार तोलामा ३ हजार १५० रुपैयाँ दर रहेको चाँदी बिहीबार ३५ रुपैयाँ बढेर तोलामा ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया