एकैदिन २ हजार २ सयले बढ्यो सुन, नेपाली बजारमा हालसम्मकै उच्च

nepaltext.com

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । एकैदिन २ हजार २ सय रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । करिब दुई महिनाअघि सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेर रेकर्ड बनेको भए पनि आज उक्त मूल्य पार गर्दै नयाँ इतिहास कायम भएको हो ।

यसैबीच चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २ सय ९९ अमेरिकी डलरमा तथा त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया