पटक–पटक स्थगित भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

nepaltext.com

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा उत्पन्न विवादका कारण कार्यसमिति बैठक निरन्तर सर्दै आएको थियो। आजको बैठकअघि कार्यवाहक सभापति खड्काले विभिन्न पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी भएका छन्। गत असोज २८ गतेदेखि सुरु भएको कार्यसमिति बैठक महाधिवेशन सम्बन्धी निर्णय नटुंगिएकै कारण लामो समयदेखि रोकिँदै आएको छ।

प्रतिक्रिया