एसीसी महिला प्रिमियर कपमा नेपालको लज्जास्पद हार

nepaltext

काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो ।

हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा अलआउट भयो । सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २-२ विकेट लिए । सिउ मेइ र जोइलिन धलिवालले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित रहेर सर्वाधिक ४२ रन बनाइन् ।मारिको हिलले २९ रन बनाइन् । मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।

नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

यस हारका बाबजुद नेपाल क्‍वाटरफाइनलमा प्रवेश गरिसकेको छ । एसिया कपमा छनोट हुनका लागि सेमिफाइनलसम्म पुग्नुपर्छ ।

प्रतिक्रिया