चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ देखि ३ बजेसम्म बन्द हुने भएको छ। इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा खसेको पहिरो पन्छाउन सडक बन्द गर्न लागिएको हो।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हाल एकतर्फी सञ्चालनमा रहेको सडकलाई पूर्ण सफाइपछि दुईतर्फी सञ्चालनमा ल्याइनेछ।
गत शुक्रबार पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको थियो। आइतबार साँझ एकतर्फी आवतजावत खुलाइएको भए पनि रातमा सडक बन्द गरिएको थियो। सो क्रममा अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालयले खाद्यान्न वितरण र स्वास्थ्य परीक्षणसमेत गरेको थियो।
६ असोज २०८२, सोमबार ०२:१८ मा प्रकाशित