अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा दुई शव फेला

nepaltext

रसुवा । रसुवाको माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङभित्र दुई वटा शव फेला परेका छन् ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार आइतबार सुरुङको भित्री भागमा खोजी गर्ने क्रममा दुई वटा शव फेला परेका हुन् । फेला परेका शवको पहिचान भने हुन बाँकी रहेको उनले जानकारी दिए ।

अधिकारीका अनुसार यही सुरुङबाट शनिबार एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो । उनलाई सुरुङको करिब २२५ मिटर भित्रबाट उद्धार गरिएको हो ।

सुरुङमा अझै पनि खोजी तथा उद्धार कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको आज १२औँ दिनमा सुरुङभित्र दुई शव फेला परेका हुन् ।

प्रतिक्रिया