प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

nepaltext

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि आजको बैठक स्थगित गरेका हुन् ।

सोमबारको बैठक सुरु भए लगत्तै विरोध स्वरूप विपक्षी दलहरू उठे । त्यसपछि सभामुख अर्यालले एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए ।

‘कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो,’ उपनेता अर्यालले भनिन्, ‘प्रधानमन्त्रीबाट भुल सुधार गरियोस् । क्षमा याचना गरियोस् ।’

१७ जेठमा प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसअघिका संसद् बैठक पनि अवरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया