महाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री बालेन्द्र

nepaltext
 

काठमाडौं–प्रधानमन्त्री बालेन्द्र साह चितवन आइपुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आज बिहान ११ आइपुगेका हुन्।

दिउँसो २ बजे हुने उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि उनी चितवन पुगेका हुन्। प्रधानमन्त्री बालेन्द्र र सभापति रवि लामिछानेले संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गर्ने बताइएको छ।

महाधिवेशनको उद्घाटन समारोह स्थललाई रवि र बालेनको तस्बिरसहित सजाइएको छ। महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया