सुनचाँदीको मूल्यमा ऐतिहासिक उछाल, एकैदिनमा प्रतितोला २० हजार ५ सय ले बढ्यो

nepaltext.com

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । एकैदिन २० हजार ५ सय रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ थियो । सुनसँगै चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको छ । आज एकैदिन २०५ रुपैयाँले बढेपछि चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको छ, जुन हिजो ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५६० अमेरिकी डलरमा र सोही परिमाणको चाँदी १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया