एक खुट्टाको नृत्यबाट परिचित गायिका तथा मोडल सीता सुवेदीको निधन

nepaltext.com

काठमाडौं । एक खुट्टाले नाचेर छुट्टै पहिचान बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन भएको छ ।
तीन महिनादेखि फोक्सोको क्यान्सरसँग संघर्ष गरिरहेकी उनी मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा दिवंगत भएको परिवारले जनाएको छ ।

चितवन मेघौलीकी सुवेदीले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । तर पनि उनले हार मानेनन् र एउटै खुट्टाले नाचेर आफ्नो प्रतिभा चम्काउँदै गायन र मोडलिङमा विशेष स्थान बनाउन सफल भइन् ।

सुवेदी एक छोरीकी आमा पनि थिइन् । अन्त्येष्टिका लागि उनका परिवारजन चितवनबाट काठमाडौँ आइरहेका छन् ।

प्रतिक्रिया