दोलखाली युवाको कांग्रेस महामन्त्री थापालाई दृढ शन्देश, सभापति बनेर समुन्नत मुलुक निर्माणको नेतृत्व लिनुस्

nepaltext.com

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई दोलखाली युवाहरुले पार्टी सभापति निर्वाचित गराउन भरोसा दिलाएका छन् । बिहिबार राजधानी काठ्माडौंमा आयोजित दोलखाली युवा र कांग्रेस महामन्त्री गगन थापा बिच भएको एक अन्तरक्रियामा महामन्त्री थापालाई पार्टी सभापति बनेर भ्रस्टाचारमुक्त तथा शुसासनमैत्री मुलुक निर्माणको जिम्मेवारी लिन आग्रह गरेका छन् । काठमाण्डौस्थित नारायणगोपाल चोकको अरिकल इभेन्ट्समा आयोजित कार्यक्रममा काठमाण्डौंमा उपलब्ध दोलखाली युवाहरुले महामन्त्री थापालाई आशन्न १५ औं महाधिबेशनमा पार्टीको नेतृत्व लिन र देशले हाल ब्यहोरिरहेको संकट समाधान गरी समुन्नत मुलुक निर्माणको जिम्मेवारी लिन आग्रह गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं दोलखा कांग्रेसका प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटीले संयोजन गरेको उक्त अन्तरक्रियामा नेपाली कांग्रेस दोलखाका युवा नेताहरुले महामन्त्री थापालाई नेपाली कांग्रेस पार्टीलाई देशकै पहिलो र भरोसायोग्य पार्टी निर्माणका लागि नेतृत्व लिन आह्वान गरेका थिए । 

कार्यक्रममा महामन्त्री थापाले मुलुकले व्यहोरेको जेन्जी आन्दोलनको मर्म र भावनालाई आत्मसाथ गरेर पार्टीलाई आम नागरिकको भरोसायोग्य कांग्रेस बनाउने गरि आफुहरु लागि परेको बताएका छन् । उनले नागरिकहरु दलसँग रिसाएको परिस्थिती बुझेरै भदौ ८ गते आफुले संसदमा बोलेर सुधारको विषयमा गरिएको आग्रहलाई सम्झिदै जे नहुनु भैसकेकोले अब सुधारको बाटोमा लाग्नेगरि आफुहरुले अभियान सुरु गरिएको जनाएका छन् । महामन्त्री थापाले दोलखाका युवाहरुलाई पार्टीको विधि विधान र वर्तमान परिस्थितीलाई मध्यनजर गरी अघि बढ्न आह्वान समेत गरेका छन् । उनले तोकिएको समयमै महाधिबेशन हुनेमा आफु विस्वस्त रहेको उल्लेख गर्दै युवाहरुलाई सोही अनुसार तयारी गर्न र संकटको बेलामा परिवर्तनका पक्षधरहरुलाई आभार व्यक्त गरेका छन् । महामन्त्री थापाले युवाहरुलाई सबै तहको अधिवेशन सम्पन्न गर्न र समयमा महाधिबेशनको वातावरण बनाउन आग्रह गरेका छन् । दोलखामा जन्मिएका शिखर पुरुष स्व. भीमबहादुर तामाङलाई सम्झिदै महामन्त्री थापाले दोलखा जहिलेपनि सत्य निष्ठा र परिवर्तनको पक्षमा सदैब अगाडी बढ्ने जिल्ला भएको उल्लेख गर्दै स्व. तामाङको महत्वपुर्ण वाणि द्धन्द मेटिने र पहिचान भेटिने भनाई आज पनि शान्दर्भिक रहेको बताएका छन् । गरेका छन् । 

कार्यक्रममा विश्वसाइकल यात्री पुस्कर शाह, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य पारस तामाङ, पत्रकार महासंघका केन्द्रिय सचिब रमेश खतिवडा, महाधिबेशन प्रतिनिधि एवं युवा नेता हस्त थामी, महिला नेतृ विनिता अधिकारी , महाधिबेशन प्रतिनिधिहरु खुबराज आचार्य बासु , च्याङा शेर्पा , कांग्रेस नेता एवं व्यवसायी राजन श्रेष्ठ , युवा नेता रबिन लामा , जनजाती संघका केन्द्रिय सचिब आङपासाङ शेर्पा, स्वर्गिए श्यामशुन्दर तामाङकी धर्मपत्नी पास्दीकी शेर्पा तामाङ, थामी समाजका केन्द्रिय अध्यक्ष रण बहादुर थामी , भीमेश्वर नगर सभापति शंकर कार्की ,कालिञ्चोक गाउँपालिका सभापति सञ्जीव पाण्डे, दोलखा काड्माण्डौ सम्पर्क समिति सभापति सरोज शिवाकोटी लगाएतका नेताहरुले महामन्त्री थापालाई दोलखाको तर्फबाट आबश्यक सहयोग दिलाउने प्रतिबद्धता जाहेर गर्दै दृढताका साथ अघि बढ्न आग्रह गरेका छन् । करिब १ सय ५० भन्दा धेरै उत्साहित युवाहरुको उपस्थिती रहेको उक्त कार्यक्रमले कांग्रेसमा थप उत्साहा जगाएको बताउदै केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले समुन्नत दोलखा निर्माणमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन् ।

प्रतिक्रिया