काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि काठमाडौंमा शक्ति प्रदर्शनसहित एकता सन्देश सभा आयोजना गर्ने भएको छ। भृकुटीमण्डपमा हुने सभामा सहभागी हुन पार्टी मातहतका सबै कमिटीलाई सक्रिय रूपमा परिचालन गरिएको छ।
नेकपा नेता प्रकाश ज्वालाका अनुसार सभालाई सफल र व्यवस्थित बनाउन बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति तथा उपत्यका विशेष प्रदेश संयुक्त आयोजनामा कार्यक्रम हुँदैछ। सभाका लागि मञ्च व्यवस्थापन, नेताहरूको स्वागत तथा सुरक्षा व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
नेकपा नेता हिमाल शर्माका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट व्यापक जनसहभागिता सुनिश्चित गरिएको छ। पश्चिमी क्षेत्र नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर, दक्षिणकाली नगरपालिका तथा क्षेत्र नम्बर ८, ९ र १०, चितवन र धादिङबाट आउने सहभागीहरू नागढुंगा हुँदै तथा मकवानपुरबाट बल्खु हुँदै आउने जनसमुदाय बिहान ११ बजे सुन्धारामा भेला हुनेछन्।
ललितपुरबाट कुपन्डोलमा भेला भई थापाथली र त्रिपुरेश्वर हुँदै आउने जुलुस पनि सोही समयमा सुन्धारामा पुग्नेछ। त्यसपछि रत्नपार्क र विद्युत प्राधिकरण हुँदै भृकुटीमण्डपतर्फ जुलुस अघि बढ्नेछ।
त्यस्तै, काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वर, टोखा, महानगरका क्षेत्र नम्बर ५, ६ र ७ तथा नुवाकोट र रसुवाबाट आउने सहभागीहरू बिहान ११ बजे रत्नपार्कमा भेला भई बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछन्।
बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र महानगरका क्षेत्र नम्बर ३, ४ र ५ बाट आउने सहभागीहरू डिल्लीबजार चारखालमा भेला भई शान्तिबाटिकाबाट आउने जुलुससँग मिसिएर पुतलीसडक हुँदै भृकुटीमण्डपतर्फ जानेछन्।
त्यसैगरी महानगरका क्षेत्र नम्बर १ र २ तथा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट कोटेश्वर हुँदै आउने जनसमुदाय बिहान ११ बजे बबरमहलमा जम्मा भई भद्रकाली चोक हुँदै भृकुटीमण्डप पुग्नेछ।
विभिन्न स्थानबाट र्यालीसहित आएका जुलुसहरू रत्नपार्क, भद्रकाली र पद्मोदय मोडतर्फबाट प्रवेश गरी तोकिएका स्थानमा व्यवस्थित रूपमा बस्ने व्यवस्था गरिएको छ। जुलुस बिहान ११ः३० बजे सुरु भई १२ बजे मञ्चमा पुग्ने र कार्यक्रम करिब दुई घण्टासम्म सञ्चालन हुने जनाइएको छ।
१६ वटा कम्युनिस्ट घटक मिलेर गठित नेकपाले देशभर प्रदेशस्तरीय एकता सन्दे
श सभा गरिरहेको छ।