दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति

nepaltext

काठमाडौं । राष्ट्रिय प्रजातन्त्रका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित एकजुट बनेका छन् । उनीहरूले आज एक कार्यक्रमबीच एकताको समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ पार्टीको घोषणा हुने बताइएको छ ।

कार्यक्रममा राणाले भने, ‘पार्टीको नाम र झण्डा हामी विज्ञहरूसँग बसेर टुंगो लगाउनेछौँ । मलमासपछि नयाँ पार्टीको घोषणा हुन्छ ।’

हेर्नुस् समझदारी पत्र

 

प्रतिक्रिया