प्रतिनिधि सभाको अभिलेखबाट हटाइयो रास्वपा सांसद पराजुलीको अभिव्यक्ति

nepaltext

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेका केही शब्द संसद्को आधिकारिक अभिलेखबाट हटाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बिहीबार सदनलाई जानकारी दिँदै गत वैशाख २९ गतेको बैठकमा पराजुलीले प्रयोग गरेका दुई वटा अभिव्यक्ति अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिइएको बताए ।

सभामुखका अनुसार बैठकका क्रममा प्रयोग गरिएका ‘भरौटेहरू’ तथा ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो’ भन्ने अभिव्यक्ति संसदीय मर्यादा अनुकूल नभएको ठहर गर्दै रेकर्डबाट हटाउने निर्णय गरिएको हो ।

यसअघि उक्त अभिव्यक्ति हटाउन माग गर्दै ऐन महरले प्रतिनिधि सभाको बैठकमा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया