काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य तीन हजार पाँच सय रूपैयाँले बढेर दुई लाख छप्पन्न हजार छसय पुगेको छ। त्यस्तै, चाँदी पनि एक सय रूपैयाँले बढेर प्रतितोला तीन हजार नौ सय पाँचमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख त्रेपन्न हजार एक सय र चाँदी तीन हजार आठ सय पाँचमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन चार हजार दुई सय पाँचत्तर र चाँदी बासठ्ठी अमेरिकी डलरमा व्यापार भइरहेको छ, जसको प्रभाव घरेलु बजारमा पनि परेको देखिन्छ।
२७ मङ्सिर २०८२, शुक्रबार ११:५८ मा प्रकाशित