तत्कालीन सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा

nepaltext

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जिल्ला सरकारी वकिलको रायअनुसार मंगलबार साँझ हाजिरी जमानीमा रिहा गरिएको हो ।

उनलाई सोही दिन बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

जेन जेड आन्दोलनसम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रिजाल काठमाडौँका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया