काठमाडौँ। आज तोलामा सुन ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल ३ लाख ८ सय रुपैयाँ कायम गरिएको छ।
यस्तै एक तोला चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको छ।
गत शुक्रबार सुन तोलाको ३ लाख ९ हजार र चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
गत बिहीबार सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो भने चाँदी ५ हजार २८५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५०० र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२४ जेठ २०८३, आईतबार ११:०० मा प्रकाशित