प्रभु महालक्ष्मी लाइफको डेढ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

श्याम खतिवडा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको १ लाख ५५ हजार ८०० कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीका अनुसार हाललाई उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। शेयर खरिदसम्बन्धी निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिने जनाइएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया