समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

nepaltext

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदहरूलाई निर्वाचन आयोगले औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।

समानुपातिकतर्फ दलगत सिट बाँडफाँटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा (एमाले)ले १६ सिट, नेकपा (माओवादी केन्द्र)ले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया