काठमाडौँ-सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। यस्तै, दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो।
२५ जेठ २०८३, सोमबार १२:२६ मा प्रकाशित