‘घोषित कोही पनि प्रधानमन्त्री हुँदैनन्’-प्रचण्डको ठोकुवा

nepaltext.com

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म विभिन्न दलले सार्वजनिक रूपमा अघि सारेका प्रधानमन्त्रीका दाबेदारहरूमध्येबाट चुनावपछि कोही पनि प्रधानमन्त्री नबन्ने दाबी गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारे पनि तीमध्ये कोही पनि अन्ततः प्रधानमन्त्री नबन्ने ठोकुवा गरे । ‘जसले–जसले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन्, कोही पनि प्रधानमन्त्री हुँदैनन्,’ प्रचण्डले स्पष्ट शब्दमा भने । साथै उनले आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वमा चुनावी माहौल अत्यन्त अनुकूल रहेको र आगामी दिनमा अझ सशक्त बन्दै जाने विश्वास पनि व्यक्त गरे । उनको अभिव्यक्तिले चुनावपछिको सत्ता समीकरण र नेतृत्वको विषयमा नयाँ राजनीतिक बहसलाई थप चर्काएको छ ।

प्रतिक्रिया