सानेपामा कांग्रेस बैठक : महाधिवेशन तयारी र चुनावी रणनीतिमा केन्द्रित

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा हालको राजनीतिक अवस्था र पार्टीको आन्तरिक कार्यतालिकासम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

बैठकको मुख्य एजेन्डा आगामी पुस २६ देखि २९ गतेसम्म हुने १५औँ महाधिवेशनको तयारी, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार चयन, र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका रणनीतिका विषयमा केन्द्रित रहेको छ।

पौडेलले कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्। भदौमा भएको जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा बसिरहेको यस बैठकलाई कांग्रेसभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ।

प्रतिक्रिया