८ मंसिर, काठमाडौं । कुमारी बैंकले ७ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बेच्ने आवेदन दिएपछि बैंकले सो सेयर विद्यमान संस्थापकलाई मात्र खरीदका लागि खुला गरेको हो। इच्छुक संस्थापकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्। तोकिएको समयसीमाभित्र संस्थापकबाट आवेदन नआए अन्य सर्वसाधारणलाई खुला बिक्री गर्ने व्यवस्था बैंकले गरेको छ।
९ मङ्सिर २०८२, सोमबार ०१:४२ मा प्रकाशित