काठमाडौँ – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ।
पार्टीको केन्द्रीय समितिको बैठक आज दिउँसो ४ बजेदेखि वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दै छ। केन्द्रीय समितिको बैठकलगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने छ।
बैठकले मुख्यगरी पार्टीको संसदीय दलको नेता चयन गर्ने र आगामी सरकार गठनका प्रक्रियाबारे निर्णय लिने बताइएको छ।
रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ। बालेनले प्रधानमन्त्रीका रुपमा भोलि शपथ लिँदै छन्।
१२ चैत २०८२, बिहिबार ०५:०१ मा प्रकाशित