अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

श्याम खतिवडा

शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आइतबार घटेर २ लाख ६० हजार ४०० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार र शनिबार सुनको मूल्यमा सामान्य गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला ४ हजार ५२५ रुपैयाँ रहेको चाँदी आइतबार २५ रुपैयाँले घट्दै ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारको उतारचढावलाई आधार मानेर गर्दै आइएको हो, जसका कारण पछिल्ला दिनमा देखिएको अन्तर्राष्ट्रिय मूल्यको सामान्य गिरावटले स्थानीय बजारमा पनि प्रभाव पारेको हो।

प्रतिक्रिया