दोलखा, मंसिर ३ – दोलखामा सोमबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको विगु गाउँपालिका–२ का आङ फुर्वा तामाङ छन्।
प्रहरीका अनुसार तामाङ आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई विगु–१ को छ्योतछ्योत बस्तीभन्दा माथि ठोङठोङ भीरमा खसेको थियो। दुर्घटनामा मोटरसाइकल सडकबाट करिब १०० मिटर तल पुगेको अनुमान गरिएको छ।
हाल घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। घटनासम्बन्धी थप विवरणहरू आउन बाँकी रहेको छ।
४ मङ्सिर २०८२, बुधबार ०२:१४ मा प्रकाशित