मध्यपुर थिमीको वासिङ सेन्टरमा काम गर्ने युवकको मृत्यु

nepaltext.com

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित सिद्धार्थ पेट्रोल पम्प नजिकै रहेको वासिङ सेन्टरमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । शनिबार साँझ गाडी धुने क्रममा अचानक बेहोस भएका २८ वर्षीय महेश नेपालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रकाश बस्नेतले सञ्चालन गरेको उक्त वासिङ सेन्टरमा कार्यरत नेपाली दोलखाको भीमेश्वर नगरपालिका–चरिकोटका स्थायी बासिन्दा हुन् ।

बेहोस भएपछि उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार महेश नेपाली छारे रोगबाट पीडित थिए र अचानक बेहोस हुँदा उनको शरीरमा चोट लागेको थियो । पोस्टमार्टम रिपोर्टको आधारमा घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइने भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया